तिलोत्तमा १७ को वडा अध्यक्षमा काँग्रेसबाट दानबहादुर चौधरी सर्वसम्मत उम्मेदवार

प्रकाशित मिति:

बुटवल, ७ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत तिलोत्तमा–१७ मा वर्तमान वडा अध्यक्ष दान बहादुर चौधरी पुनः वडा अध्यक्षको उम्मेदवार बन्ने भएका छन् । नेपाली काँग्रेसले पार्टीको तर्फबाट चाधैरीलाई पुनः वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरे सँगै चौधरी वडा अध्यक्षको उम्मेदवार बन्ने भएका हुन् । वडा अध्यक्षको उम्मेदवार बन्ने निश्चित भए सँगै गाँउगाँउ र टोलटोलमा चौधरीको चर्चा र परिचर्चा शुरु भएको छ । पूर्व शिक्षक समेत रहेका उनी सरल, शालीन, मिलनसार र भद्र मानिन्छन् । राम्रो काम गरेर वडाबासीको मन जित्न सफल भएका चौधरी पुनः वडा अध्यक्षको उम्मेदवार बन्ने भएपछि वडाबासी समेत थप उत्साही भएका छन् ।

गत स्थानीय निकायको निर्वाचनमा चौधरीले आफ्ना निकटम प्रतिद्धन्दी नेकपा एमालेका बिष्णु बस्याललाई एक सय ९८ मतान्तरले पराजित गर्दै वडा अध्यक्षमा बिजयी भएका थिए । यस अघि सरकारी बिद्यालयको प्रद्यानाध्यापकका रहेका उनी गत स्थानीय निकायको निर्वाचनमा राजिनामा दिएर वडा अध्यक्षको उम्मेदवार बनेका थिए । । शिक्षकको रुपमा राम्रो पहिचान बनाएका चौधरी वडा अध्यक्ष निर्वाचित भएपछि जनता माझ थप लोकप्रिय बन्न सफल भएका छन् । तिलोत्तमा– १७, जमुहानीका स्थायी बासिन्दा रहेका चौधरी नेपाली कांग्रेस तिलोत्तमा–१७ का पूर्व सभापति समेत हुन् ।

चौधरीले वडा अध्यक्षको रुपमा राम्रो काम गरेको, वडाबासीको मन जित्न सफल भएको र वडाको समग्र बिकासमा राम्रो नतिजा दिन सफल भएको भन्दै पार्टीको तर्फबाट सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार बनाईएको कांग्रेसले जनाएको छ । वडा अध्यक्ष निर्वाचित भएपछि आफूले धेरै काम गरेको उल्लेख गर्दै चौधरीले वडाको थप बिकास र बाँकी योजना पूरा गर्नका लागि आफू पुनः वडा अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत भएको बताए । उनले आफ्नो पहल र नेतृत्वमा वडामा सडक कालोपत्रे, बिद्युत्, कृषि, सिञ्चाई, खानेपानी लगायतका बिकास निर्माण र पूर्वाधारका क्षेत्रमा उल्लेख्य मात्रमा काम भएको प्रतिक्रिया दिए ।

गंगोलिया स्थित बिपी ग्राममा १५ शैयाको अस्पताल, गंगोलिया खानेपानी योजना, कानपारा लिफ्टीगङ्ग सिञ्चाई योजना, गाँउगांउ र टोलटोलमा सडक कालोपत्रे, बिद्युत् ट्रान्सफर्मरको ब्यबस्था, स्वास्थ्य चौकीको स्तरोन्नती, एसी सहितको स्मार्ट खोप केन्द्र निर्माण, बिद्यालयको भवन निर्माण, सिञ्चाईका लागि बांध तथा नाली निर्माण, वडामा रहेका ३ वटै बिद्यालयमा पूस्तकालय र कम्प्यूटर ल्याबको ब्यबस्था, उद्यान तथा पार्क निर्माण लगायतका काम नै आफ्नो कार्यकालको प्रमुख उपलब्धी रहेको चौधरीले बताए । गत निर्वाचनमा वडाबासीसँग गरेको बाचा र प्रतिबद्धता मध्ये ९० प्रतिशत काम पूरा भएको चौधरीको दाबी छ । यस्तै सिञ्चाईको थप सहजताका लागि वडामा रहेको भैलुभूजका सबै बोरीङ सञ्चालन गर्ने योजना अनुरुप हाल ३ वटा सञ्चालनमा रहेको र बांकी ४ वटा सञ्चालनको तयारीमा रहेको उनले बताए । चौधरीले वडामा रहेका ३ वटै विद्यालयको शैक्षिक उननयनका लागि आफ्नो तलबभत्ता मध्येबाट प्रत्येक विद्यालयलाई ५१ हजार रुपैयाँका दरले अक्षयकोषका लागि नगद रकम समेत प्रदान गरेका छन् ।

विद्यालयको स्तरोन्नती गरेर वडामै प्राविधीक शिक्षा सहितको उच्च मा।बि। सञ्चालनका लागि पहल गर्ने, सिञ्चाईको थप प्रबन्ध मिलाउने, बाल उद्यान निर्माण गर्ने, थारु संस्कृतीको संरक्षणका लागि बिशेष कार्यक्रम सञ्चालन गर्ने, ३३ करोड बराबरको लागतमा गंगोलिया कोल्ड स्टोर तथा कृषि प्रशोधन केन्द्र निर्माण गर्ने लगायतका अन्य थुप्रै योजना पूरा गर्ने संकल्पका साथ आफू चुनावी मैदानमा होमिएको चौधरीले बताए ।जनताकै सेवा गर्ने अठोटका साथ यसअघिको चुनावमा मैले सरकारी जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार बनेको हुँ ।, ‘वडा अध्यक्ष भएपछि मैले बोलेर भन्दा पनि काम गरेर देखाएको छु,– चौधरीले भने ।’ ‘वडाको बिकासका लागि अझै धेरै काम गर्न बांकी छ ।’ ती काम र योजनाहरु पूरा गर्ने संकल्पका साथ म फेरी वडा अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत भएको हो ।” नमुना वडाको रुपमा बिकास गर्ने ठोस योजना र कार्यक्रमका साथ चुनावी मैदानमा होमिएको बताउँदै चौधरीले काँग्रेसको पक्षमा मतदान गरि आफूलाई बिजयी गराउन वडाबासी समक्ष आग्रह समेत गरेका छन् ।