पल शाह प्रकरण :नवलपुर जिल्ला अदालतमा पनि गायिकाले फेरिन् बयान

प्रकाशित मिति:

काठमाडौं । मोडल एवं अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा किशोरी गायिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । पीडित किशोरीले तनहुँ जिल्ला अदालतमा जस्तै आफूमाथि जबरजस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् ।

गत आइतबार मात्रै पनि उनले जिल्ला अदालत, तनहुँमा बकपत्रका क्रममा आफूमाथि बलात्कार नभएको बताएकी थिइन् । त्यहाँ उनले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गर्दै प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको उनले दाबी गरेकी थिइन् ।नवलपुर जिल्ला अदालत स्रोतका अनुसार सरकारी वकिलहरुले २०–२२ वटा प्रश्न सोधेर जिरह गरेका थिए, जहाँ पीडित किशोरीले अभिनेता पल शाह निर्दोष रहेको र उनले आफूमाथि केही नगरेको बयान दिएकी छन् ।

सामाजिक रुपमा चौतर्फी प्रश्न उठेकाले आफूले आवेशमा आएर प्रहरीमा बलात्कार भएको भनी बयान दिएको भन्ने उनले बयान दिएकी हुन् । अब जिल्ला अदालतले अब बालिकाका बुबा र अरु साक्षीहरुको बकपत्र गराउने बताइएको छ ।गत ११ फागुनमा किशोरीका बुबाले जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएपछि तनहुँ प्रहरीले पल शाहलाई नियन्त्रणमा लिएको थियो । अहिले अभिनेता पल शाह पूर्र्पक्षका लागि कारागारमा छन् । सम्बन्धित समाचार