रुपन्देहीको मायादेविले पायो सार्वजनिक जग्गाको पुर्जा

प्रकाशित मिति:

सुरेश परियार,बैशाख ९ गते- रुपन्देहीको मायादेवि गाउँपालिकाले सार्वजनिक जग्गाको पुर्जा पाएको छ । साविक सेमरा गाविस वडा न।३ ख कित्ता न।५९५ क्षेत्रफल ६–६–१६ हाल मायादेवि वडा न।३ वरेवा मध्ये चलिरहेको कुलो र बाटो बाहेक ४ विगाहा ९ कट्ठा १४ धुर जग्गा गाउँपालिकाले प्रयोग गर्ने गरि अनुमति पत्र पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले जानकारी दिए ।
आज पत्रकार सम्मेलन मार्फत मालपोत कार्यालय र नापी कार्यालय रुपन्देहीकाले गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीलाई सो जग्गाको पुर्जा प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । मन्त्रिपरिषदको २०७८ चैत्र ३० गतेको निर्णयले गाउँपालिकाकालाई उक्त जग्गाको अनुमति पत्र दिने निर्णय गरेको हो ।

सरकारी जग्गालाई गाउँपालिकाले आफनो स्वामित्वमा ल्याउन सफल भएको गाउँपालिकाका अध्यक्ष ध्रवनारायण चौधरीले बताएका छन् । सो जग्गामा प्रशासनिक भवन रहेको छ भने अन्य भौतिक पुर्वाधार पनि निर्माण हुने अध्यक्ष चौधरीको भनाई छ । नमुना गाउँपालिकाको रुपमा विकास गर्दै अघि बढेको बताउँदै अध्यक्ष चौधरीले जनताको सारथी बन्न जनप्रतिनिधी सधै तत्पर रहेको कुरा औँल्याए । सोही अवसरमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले गाउँपालिकाको आफनै स्वामित्वबाट प्रशासनिक कार्य आरम्भ भएको बताएका छन् ।

प्राप्त जग्गामा विभिन्न खेलकुदका लागी कर्वड हल,अस्पताल र अन्य भौतिक पुर्वाधार बन्ने प्रशासकीय अधिकृत तिमिल्सिनाको दावि रहेको छ ।सवैको अथक प्रयासबाट जग्गाको प्रमाण पत्र पाउन सफल भएको भन्दै थप साथ र सहयोगको अपेक्षा समेत गरे ।कार्यक्रम गाउपालिका उपाध्यक्ष तारादेबि यादब,मालपोतका अधिकृत विशाल मिश्र,नापीका प्रमुख कृष्ण प्रसाद सापकोटा,लेखाअधिकृत राम प्रसाद भट्टराई लगायतको आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन अमिन ह्रदेश बनियाँले गरेका थिए ।