काठमाडौं, वैशाख १० – कान्स फिल्म फेस्टिभलमा पहिलोपटक नेपाली सर्ट फिल्म छनोट भएको छ। अविनाश विक्रम शाहको सर्ट फिल्म ‘लोरी’ कान्स फिल्म फेस्टिभल–२०२२ मा छनोट भएको हो। कान्समा यसपटक १४० देशका ३ हजार ५ सय ७ वटा फिल्मले आवेदन दिएका थिए जसमध्ये उत्कृष्ट ९ वटा फिल्म छनोट गर्दा नेपाली फिल्म ‘लोरी’ पनि छनोट भएको हो।
सो फिल्म हङकङका निर्माताहरुसँगको सहकार्यमा निर्माण भएको थियो। उत्कृष्ठ नौभित्र परेका सर्ट मुभीले विश्व प्रतिष्ठित पामे डिओर अवार्डका लागि प्रतिस्पर्धा गर्नेछन्। पामे डिओर अवार्ड सर्ट फिल्महरुको ओस्कार अवार्ड सरह मानिन्छ। मे २८ मा हुने कान्स फिल्म फेस्टिभलको समापन समारोहमा पामे डिओर अवार्ड वितरण गरिने कान्स फेस्टिभल समितिले जनाएको छ।












