बुटवलमा एमाले र जनमुक्ति पार्टीबीच तालमेल

प्रकाशित मिति:

वैशाख, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति गरेको हो ।

सहमति अनुसार जनमुक्तिका मतदाताले एमालेका मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्य गरी ८६ पदका उम्मेदवारलाई सहयोग गर्नेछ । अब दुवै दलले चुनाव प्रचार प्रसार अभियान संयुक्त रुपमा सञ्चालन गर्ने एमाले नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगर अध्यक्ष भेकबहादुर सारु मगरले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको नगर समितिले एमालेसँग गरेको सहमतिप्रति जनमुक्ति पार्टीको एक समूहले भने असन्तुष्टि जनाएको छ । जनमुक्ति युवा महासंघका केन्द्रीय अध्यक्ष शंकर गाहाले बताए । ‘पार्टीको माथिल्लो तहका धेरैलाई एमालेसँग गठबन्धन गरेको चित्त बुझेको छैन,’ उनले भने, ‘एमालेसँग एजेण्डा, विचार केही मिल्दैन । जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष प्रेमबहादुर थापाले बुटवलमा भएको गठबन्धन स्थानीय समितिले गरेको बताए । गत चुनावमा जनमुक्ति पार्टीले बुटवल उपमहानगरपालिकाको मेयरमा करिब १२ सय र उपमेयरमा १५ सय मत ल्याएको थियो ।

 

थप समाचार