मेयरमा उम्मेदवार घोषणा गरेकी डंगोललाई एमालेले बनायो उपमेयरको उम्मेदवार

प्रकाशित मिति:

काठमाडौं, वैशाख १० – काठमाडौँको मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई नेकपा एमालेले उपमेयरमा उठाउने भएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले डंगोललाई उपमेयरको उम्मेदवार घोषणा गरेको हो । मेयरमा भने पार्टीले केशव स्थापितलाई उठाउने भएको छ ।

मेयरमा उठ्ने भन्दै डंगोलले आफ्नो चुनावी घोषणापत्र समेत सार्वजनिक गरिसकेकी डंगोललाई एमालेले उपमेयरको उम्मेदवार बनाएको हो ।उनले यसअघि स्वतन्त्र उम्मेदवार दिने वा कुनै दलबाट उठ्नेबारे उनले निर्णय भने लिइनसकेको बताउँदै आएकी थिईन् ।