दाङमा जीप दुर्घटना हुँदा १० जना घाइते

प्रकाशित मिति:

दाङ- दाङको तुलसीपुरमा आज दिउँसो जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।जुँगारबाट तुलसीपुरका लागि छुटेको रा १ ज ५१० नम्बरको जीप राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-३ चोर खोला नजिकै दुर्घटनामा परेको थियो

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटना भएको जानकारी दिनुभयो ।घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने पाँच जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।घाइतेहरुको परिचय खुलेको छैन।

थप समाचार