पूर्व प्रहरी निरीक्षक तेज बहादुर क्षेत्रीले दिए वडा अध्यक्षमा उम्मेदवारी,सरकारी सेवा सुबिधा नलिने घोषणा

प्रकाशित मिति:

 

बुटवल। तिलोत्तमा– ११ को वडा अध्यक्षमा तेज बहादुर कुँवर क्षेत्रीले उम्मेदवारी दिएका छन् । पूर्व प्रहरी निरीक्षक समेत रहेका क्षेत्रीले नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

स्थानिय बासिन्दाको चाहना र भावना बमोजिम वडाको समग्र बिकास गर्ने योजनाका साथ आफूले वडा अध्यक्षमा उम्मेदवारी दिएको क्षेत्रीले बताए । सुकुम्बासीको बाहुल्यता रहेको वडा भएका कारण सुकुम्बासीको समस्या समाधान गर्ने योजना र कार्यक्रमका साथ आफू वडा अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत भएको उनले बताए ।

क्षेत्रीले आगामी ५ बर्षमा गर्ने काम र योजनाहरु सार्वजनिक गर्दै आफू वडा अध्यक्षमा निर्वाचित भए सरकारी सेवा सुबिधा नलिने घोषणा समेत गरेका छन् । जनताको सेवा गर्ने उद्धेश्यले उम्मेदवार बनेको बताउँदै उनले राज्यकोषबाट प्राप्त हुने तलब, भत्ता तथा अन्य कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हुन् । सरकारी स्तरबाट पाउने सेवा सुविधाबाट वडाका लागि एम्बुलेन्स खरिद गर्ने आफ्नो योजना रहेको क्षेत्रीले बताए । “आर्थिक लाभका लागि म वडा अध्यक्षको उम्मेदवार बनेको होइन– क्षेत्रीले भने ।’ ‘वडाको बिकास गर्न र वडाबासीको सेवा गर्ने उद्धेश्यले उम्मेदवार बनेको हुँ ।”

पूर्व प्रहरी निरीक्षक क्षेत्री बिभिन्न संघ संस्थामा आबद्ध रहि लामो समय देखि समाज सेवामा सर्मपित रहंदै आएका छन् । नेपाली काँग्रेस क्षेत्र नं। १ रुपन्देहीका पूर्व क्षेत्रीय उपसभापति समेत रहेका उनी तिलोत्तमा– ११, भू।पू। सैनिकका स्थायी बासिन्दा हुन् । सो क्षेत्रमा रहेको बिद्यालय, सडक, बिद्युत् सिञ्चाई लगायतका अधिकांश बिकास निर्माणका गतिबिधीहरुमा क्षेत्रीको बिशेष पहल र सकृयता रहदै आएको छ । प्रहरी निरीक्षकबाट सेवा निबृत्त भएका उनी प्रहरी सेवामा रहंदा समेत आफ्नो नेतृत्वमा बिभिन्न मिसनहरु सफल पारेका थिए । प्रहरी निरीक्षकका रुपमा कार्यरत रहँदा क्षेत्रीले अपराध अनुसन्धान अन्र्तगत रहेर उत्कृष्ट कार्यकुशलता र क्षमता प्रर्दशन गरेकै कारण बिभिन्न पूरस्कार समेत पाउन सफल भएका थिए । प्रहरी सेवामा कार्यरत रहंदा हाशिल गरेका प्रशासनिक, कानुनी लगायतका ज्ञान, सिप र क्षमतालाई वडाको बिकासमा समर्पित गर्ने योजनाका साथ आफूले वडा अध्यक्षमा उम्मेदवारी दिएको क्षेत्रीले बताए ।

सुकुम्बासी बस्तीमा देखिएका सबैखाले समस्याको समाधान नै आफ्नो मूख्य चुनावी एजेण्डा रहेको क्षेत्रीले बताएका छन् । रोहीणी र सुखौरा नदी कटान नियन्त्रण गर्ने, सडक ग्राभेल तथा कालोपत्रे गर्ने, सुकुम्बासी बस्तीका घरधुरी प्रमाणित गर्ने तथा भोगचलनको आधारमा जग्गाधनी प्रमाणपत्र बितरण गर्ने, सुकुम्बासी बस्तीमा रहेको बिद्यालयको सुधार र स्तरोन्नती गर्ने, कृषि प्रोत्साहनका लागि सहज कृषि ऋणको ब्यबस्था गर्ने, सार्वजनिक सम्पत्तीको संरक्षण र सम्र्बृद्धन गर्ने, युवाहरुको स्वरोजगारका लागि पहल गर्ने, गरिब, असाहय, अपाँग, महिला, बालबालिका तथा अति बिपन्नहरुलाई लक्षित गरि बिशेष कार्यक्रम सञ्चालन गर्ने आफ्ना योजना रहेको क्षेत्रीले बताए । सुकुम्बासी समस्याको समाधान गरि वडाको समग्र बिकास गर्ने योजनाका साथ आफू चुनावी मैदानमा होमिएको बताउंदै क्षेत्रीले काँग्रेसको पक्षमा मतदान गरि आफूलाई बिजयी गराउन वडाबासी समक्ष आग्रह समेत गरेका छन् ।

अध्यक्षका उम्मेदवार क्षेत्रीसँगै उक्त वडामा नेपाली काँग्रेसको तर्फबाट महिला सदस्यमा बिना पन्त, दलित महिला सदस्यमा जयकला सार्की र खुल्ला सदस्यमा कृष्ण बहादुर बि।क। र मोहनी चौधरी थारु उम्मेदवार बनेका छन् ।

थप समाचार