बालेन शाहलाई ‘लौरो’ चुनाव चिन्ह

प्रकाशित मिति:

काठमाडौं । काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले लौरो चिन्ह पाएका छन् । निर्वाचन आयोगले शनिबार दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह दिएको छ ।

दलहरुले भने आआफ्नै चुनाव चिन्ह पाएका छन् । त्यस्तै अन्य स्वतन्त्र उम्मेदवारहरुलाई भने फरक फरक चुनाव चिन्ह दिइएको निर्वाचन आयोगले जनाएको छ ।यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।