पूर्वराजा ज्ञानेन्द्रकी छोरी जग्गा माग्दै पुगिन् सर्वोच्च !

प्रकाशित मिति:

काठमाडौं,६ पुष । पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा शाह छाउनीको जग्गा माग्दै सर्वोच्च अदालत पुगेकी छन्। पहिले राजा वीरेन्द्रको नाममा छाउनीमा रहेको १५ रोपनी जग्गासहित घर २०७३ माघ २१ गते नेपाल ट्रष्टमा ल्याउने सर्वोच्चले फैसला सुनाएको थियो। तत्कालीन प्रधानन्याधीश सुशीला कार्की, न्याायधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको संयुक्त इजलासले दाइजोका रुपमा प्रेरणाले पाउने भनी भएको उक्त फैसला उल्ट्याएको थियो।

पूर्वप्रधानन्याधीश रामकुमार प्रसाद साह र प्रस्तावित प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको इजलासले उक्त जग्गा दाइजोको रुपमा प्रेरणाले पाउनुपर्ने फैसला सुनाएको थियो। राणा प्रधानन्यायाधीश हुने क्रममा प्रेरणाले गोकुलबहादुर रोकायलाई वारेस राख्दै सर्वोच्च अदालतमा आज निवेदन दर्ता गरेकी हुन्। नेपाल ट्रस्ट र काठमाडौं महानगरपालिकाले उक्त जग्गा ३५ दिनभित्र घरजग्गा खाली गर्न गत बैसाख २५ मा प्रेरणालाई पत्र लेखेको थियो।