“निर्वाचनले जनताको बिकासको रोड म्याप बनाउछ”

प्रकाशित मिति:

प्रकाश न्यौपाने
बैशाख २२ गते
नवलपरासी । नेपालि कांग्रेसका महामन्त्री बिश्वप्रकास शर्माले अहिलेको निर्वाचनले बिकासको लागी रोड म्याप बनाउने रेखा कोर्ने रोड म्याप बनाउने बताउनु भयो ।

” यो अहिले हुन लागेको निर्वाचन कुनै दल वा उमेदबारका लागि मात्रै नभई यो निर्वाचन जनताकालागि बिकासको रोड म्याप बनाउनका लागि हो ।” शर्माले भन्नू भयो । निर्वाचन बाट घोडामा सवार राजा जस्ता धेरै राजाहरु फालिने र जनताको मत जित्न सक्ने प्रतिनिधि आउने बताउदै उहा जनताको न्यायालय नै निर्वाचन भएको बताउनु भयो । केपि ओलि नेतृत्वको झन्डै दुई तिहाईको सरकारले कोरोना महामारीमा जनताले मृत्यूबरण गर्दा समेत सरकार गम्भिर नभएको बताउदै जनादेशको अवमुल्यन गर्दै दुइ दुई पटक संसद बिघटन गरी संबिधान लोकतन्त्र मास्न खोजेको आरोप लगाउदै निर्वाचन प्रणालिबाट त्यस्ता शक्तिहरुलाई फाल्नु पर्ने उल्लेख गर्नुभयो ।संयुक्त गठबन्धन दलले नवलपरासीको बर्दघाट र सुनवलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले माओबादि र एमालेको तत्कालिन पार्टि एकिरणको प्रसंगलाई जोड्दै माओबादको पेट्रोल र बहुदलिय जनबादको डिजलले गाडि अघि बढ्न नसकेको बताउनु भएको हो । उहाले भन्नु भयो २००७ सालदेखि द्धन्दकालिन अवस्थाबाट नेतृत्व गर्दै आईरहेका शक्तिहरु आज एक भएका छन् त्यसैले जनताले यसलाई अवसरको रुपमा लिनु पर्दछ । केपि ओलि प्रधानमत्री हुदा मलाई राम्रै लागेको थियो किनकि जनताले उहाँमा भएको निरङकुस शैली देख्न र क्षमताको मुल्याङन गर्न पाए । कांग्रेसले बाध्यात्मक अवस्थामा मुलुकको नेतृत्व गर्नु परेको शर्माले बताउनु भयो ।

 

कम्युनिष्ट सरकारको प्रवृत्तिका बिरुद्ध गठबन्धनको जन्म भएकाले गठबन्धन आजको आवश्यकता भएको शर्माले बताउदै नेपालि कांगे्रसले गठबन्धन दलको चुनाव चिन्हमा मत हाल्न अप्ठ्यारो मान्न नहुने उल्लेख गर्नुभयो । कोण सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले भन्नुभयो केपि ओलि नेतृत्वको सरकारले त्यसै अग्ला डाडाकाडाले सुन्दर देशमा १७ अर्ब रुपैया भ्यूटावर बनाउन खर्च गरेको तर सिटामोल नपाउने जनताका निम्ति अस्पताल बनाउन सकेनन त्यसैले मुलुको परिवर्तन र बिकासकालागि गठबन्धन प्यानललाई अत्याधिक मतले बिजयि गराउन उहाले आग्रह गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै एकिकृत समाजबादिका केन्द्रिय सदस्य बृहस्पती अधिकारी र र माओबादी नेता बामदेव क्षेत्रीले समृद्ध मुलुक निर्माण र जनताका अधिकारको सुनिश्चितताकालागी गठबन्धनलाई बिजयी गराउनु पर्नेमा जोड दिनुभयो ।