भैरहवा/नेपाली कांग्रेस र माओबादी केन्द्रको गठबन्धनको तर्फबाट सिद्धार्थ नगर पालीकाका कांग्रेसका मेयर पदका उम्मेदवार ईस्तियाक अहमद खाने हाल भैरहवाको बिचमा रहेको कारगारलाई अन्यत्रै स्थानान्तरण गरी उक्त स्थानमा पार्किङ्ग बनाउने घोषणा गरेका छन् ।बढ्दो शहरीकरण सगैं हाल भैरहवा बजार क्षेत्रमा सवै भन्दा बढी पार्किङ्गको समस्या देखीएको छ । यो समस्या समाधानकालागी कारागारलाई बजार भन्दा बाहीरको क्षेत्रमा ब्यबस्थापन गरी उक्त स्थानमा पार्किङ्ग बनाउने सकंल्प गठबन्धनको रहेको मेयरका उम्मेदवार एवं सविधान सभा सदस्य खानले बताए । भैरहवाका बिभीन्न बडा घरदैलोको क्रममा नगरबासिहरुको गुनासो सम्वोधन गर्दै उनले फोहोर मैला ब्यबस्थापन र पार्किङ्गको समस्या समाधान गर्न पहीलो प्राथमीकतामा राखेर काम गर्ने बताए ।
उनले पार्किङ्गको ब्यबस्थापन बिकल्प दिदै कारगारलाई बजार क्षेत्र भन्दा बाहीर लैजाने र त्यसकोलागी सघींय सरकारसगं समन्वय गरी उक्त स्थानमा पार्किङ्ग स्थल बनाउने बताएका हुन् । मेयरका उम्मेदवार खानले हाल नगरभित्र रहको फोहोरमैलाको व्यवस्थापन दीर्घकालीन योजना बनाई समस्या समाधान गर्ने समेत बताए । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रबेसद्धार, पर्यटकीय नगरीमा फोहोर मैलाको ब्यबस्थापन हुन नसक्नु दुुःखद रहेको भन्दै उनले फोहोरलाई मोहोरमा बदल्ने गरी योजना बनाएर अगाडी बढ्ने प्रतिबद्धता उनले शुक्रवार सिद्धार्थ नगर बडां नं ८ का स्थानीयहरुसगं समेत गरेका छन् । उक्त बडामा घरदैलोको क्रममा उनले आफुले जितेमा नगरभित्रका सबै सडक, ढल, नाला तथा सार्वजनिक शौचालयको नियमित सरसफाई गर्ने समेत बताए । उनले प्रत्येक वडामा प्रत्येक ४–५ घरको अगडि फोहरमैला फाल्ने डस्टविनको व्यवस्था गरिने समेत बताए । त्यस्तै वर्षायामकोे पानीबाट डुवानको क्षति कम गर्न नालाको सरसफाईमा विशेष ध्यान दिने उृनले बताए । गठबन्धनको तर्फबाट माओबादी केन्द्रकी उपमेयरकी उम्मेदवार कमला थापाले वातावरण तथा विपद व्यस्थापन जोड दिदै नगरक्षेत्रमा रहेको सार्वजनिक स्थलहरुमा वृक्षारोपण गरिने बताईन् ।
उनले प्रत्येक सडक किनारमा हरियाली कायम हुने गरी विरुवाहरु लगाइने बताउदै सिद्धार्थनगरलाई सधंै हराभरा राख्ने सरकारी सार्वजनिक तथा नीजि भवनको छेउछाउमा विरुवा लगाउने व्यवस्था गर्ने बताईन् । त्यसकोलागी आवश्यक पर्ने विरुवा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता उनले जनाईन् । उनले नीजि क्षेत्रबाट गरिने (वातावरण तथा विपद व्यवस्थापन) वृक्षारेपण हरियाली आदिको लागि उचित सम्मान तथा पुरस्कारको व्यवस्था नगरपालीकाबाट गर्ने बताईन् । नेपाली कांग्रेसका नगर सभापति कोशिश खड्काले राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षाकालागी गठबन्धन आवश्यक रहेको भन्दै नगरको बिकास र सुसासनकालागी गठबन्धनका उम्मेदवरलाई बिजयी गराउनुुको बिकल्प नरहेको बताए ।












