तिलोत्तमामा गठबन्धनले मतदाता शिक्षासंगै संयुक्त कोणसभा

प्रकाशित मिति:

तिलोत्तमा /रुपन्देहीको तिलोत्तमामा गठबन्धनले मतदाता शिक्षासंगै संयुक्त कोणसभा गरेका छन् । नगरपालिकाका वडा न १३ स्थित मडाहा चोक,बबनी चोक,कनौजिया चोकमा कोणसभा भएको हो ।
तिलोत्तमाका मेयर पदका उम्मेदबार रामकृष्ण खांणले आफुहरु जितको नजिक रहेको बताए । देशैभरी पांचदलीय गठबन्धनको माहोल बनेको र जनमत आफुहरुको पक्षमा रहेको समेत उनको दाबि छ ।उनले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा हिडेको बताउँदै गठबन्धनका उम्मेद्वारलाई मतदान आग्रह गरेका थिए । उनले आफ्ना प्रतिबद्धताहरु स्थानीयलाई सुनाउँदै तिलोत्तमाको समग्र बिकासको लागि यो पटक आफुहरुलाई जिताएर सेवक बन्ने अवसर दिन आग्रह गरे ।उपमेयर पदका उम्मेद्वार हेमलाल पाण्डे(हेमन्त)ले गठबन्धनमा बदर नहुनेगरि मतदान गर्न आग्रह गर्दै मेयरमा रुख र उपमेयरमा हसिया हतौडामा मतदान गर्न आग्रह गरे ।

सो अबसरमा नेपाली कांग्रेसकी नेतृ तथा रुपन्देही कांग्रेसकी उपसभापति अनिता शाहले लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाइ बिजयी बनाउनुपर्ने बताइन् । उनले रुपन्देहीमा कांग्रेस पहिलो पार्टी बन्ने बताइन् ।सो अवसरमा माओबादी केन्द्रका नेता सुदीप न्यौपाने,बिमला चौधरी,वडा न१३ का वडाध्यक्ष पदका उम्मेदबार नारायण ढकाल , जर्नादन यादव लगायतले बोल्दै गठबन्धनलाइ बिजयी बनाउन आग्रह गरे ।