देवदहमा मातृ शिशु स्याहार तथा पोषण कार्यक्रम सफल अभ्यास

प्रकाशित मिति:

कमला अर्याल-देवदह, वैशाख २६ । गर्भवती, सुत्केरी र शिशुको स्वास्थ्य स्याहार तथा पोषण कार्यक्रम संचालन गरि मातृ शिशु मृत्यूदर घटाउने र स्वस्थ मानव शहर बनाउने उद्देश्य रहेको देवदह नगरपालीकाले जनाएको छ । नगरपालीका भित्रका सबै स्वास्थ्य केन्द्र र अस्पतालबाट सबै वडामा गर्भवती महिला, सुत्केरी तथा नवजात शिशु स्याहार तथा पोषण सम्बन्धी कार्यक्रम संचालन गरि कुपोषण न्यूनिकरणमा समेत पहिलो चरणको काम शतप्रतिशत सफल भएको हो । बिगत केही बर्षयता आमा तथा शिशु स्वास्थ्य सेवा देवदह नगरपालीकामा प्रभावकारी भएको स्थानियको भनाई छ ।

बिसं २०७४ सालमा भएको निर्वाचनबाट स्थानिय सरकारका रुपमा नयाँ जनप्रतिनिधीहरु आएपछि देवदहमा बिगतमा जस्तो गर्भवतीको स्वास्थ्य परिक्षण, सुत्केरी गराउने र आमा तथा नवजात शिशु स्याहारका लागि बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीय सरकार नहुँदा महिला तथा बालबालीकाहरु सामान्य उपचारको लागि पनि देवदह छोडेर बुटवल भैरहवा लगाएतका स्थानमा जानु पर्ने अवस्थाको अन्त्य भएकोमा देवदहबासीहरु खुशी ब्यक्त गर्दछन् । उनिहरुले बिगतमा बाहिर जानु पर्दथ्यो तर अहिले स्वास्थ्य सेवा नगर भित्रै पाएपछि आफुहरुले राहत महशुश गरेको भन्दै स्थानीय सरकारलाई महिलाहरुले धन्यवाद दिन थालेका छन ।देवदह, केरवाली र सिक्टहन स्वास्थ्य चौकी र देवदह मेडिकल कलेज गरि ४ स्थानबाट गर्भवती महिलाको लागि ४ पटक नि:शुल्क स्वास्थ्य परिक्षण गर्ने ब्यबस्था मिलाइएको छ । साथै गर्भवती महिलाका लागि आवश्यक पर्ने आईरन चक्की र क्याल्सियम दिने, गर्भवती र सुत्केरीका लागि यातायात खर्च वापत १८ सय रुपैयाँ प्रदान गर्ने, नि:शुल्क शल्यक्रिया सेवा दिने, साबुन, एक क्यारेट अण्डा, आयोडिन युक्त नुनसहितको पोषण झोला उपलब्ध गराउने गरिएको जनस्वास्थ्य अधिकृत काशिनाथ बन्जाडे बताउछन् । साथै सुत्केरी महिलालाई ४५ दिनसम्म घरमै पुगेर २ पटक स्वास्थ्य जाँच गर्ने ब्यबस्था समेत गरिएको अधिकृत बन्जाडेले बताए ।

यस्तो सेवा लिने मध्ये अधिकांश २१ देखि ३५ बर्ष उमेर समहुका अधिकांश महिला रहेको उनले जानकारी दिएका छन् । देवदहमा रहेका गर्भवती महिला तथा शिशुहरुले उपचारको अभावमा अकाल्मै ज्यान गुानउन नपरोस भनेर मातृमृत्युदर तथा शिशु मृत्युदर कम गर्नका लागि कार्यक्रम संचालन गरिएको पनि उनले बताए ।महिला गर्भवती भएको ४ महिनादेखि ९ महिनासम्म ४ पटकसम्म देवदहमा रहेका स्वास्थ्य चौकीमा गएर नि:शुल्क चेकजाच गर्न पाउने व्यवस्था नगरपालिकाले मिलाएको छ । सो सेवा देवदह स्वास्थ्य चौकी, सिक्टहन स्वास्थ्य चौकी, केरवानी स्वास्थ्य चौकीमा वरथिङ सेन्टर सञ्चालन गरिनुका साथै देवदह मेडिकल कलेजमा मिलाइएको अधिकृत वञ्जाडेले जानकारी गराएका छन् । देवदह नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीमा गतबर्ष कुल १५ सय ६ जनाले गर्भवतीको चेकजाच गराएका थिए भने जम्मा डेलिभरि भने एक हजार अठार जना स्वास्थय चौकी र मेडिकल कलेजमा भएका थिए ।

गत बर्ष मेडिकल कलेजमा ६ सय जना र देवदहका ३ वटा स्वास्थ्य चौकीमा चार सय अठार जना गर्भवती भएका थिए । यो अहिलेको नौ महिनामा भने गर्भवती चेकजाच गर्नेको संख्या ११ सय २५ जनाले गर्भवतीको चेकजाच गराए भने १२ सय ७६ जना डेलिभरि भएका छन । यो बर्ष मेडिकल कलेजमा डेलिभरि हुनेको संख्या ९ सय २७ जना छन भने स्वास्थ्य चौकीमा ३ सय ४९ जनाले सो सेवा लिएका छन ।
गर्भवती महिलालाई चाहिने आइरन चक्की नेपाल सरकारले नि:शुल्क वितरण गर्ने गरेपनि नगरपालिकाले चेकजाचका क्रममा आउने गर्भवती महिलाहरुलाई स्वास्थ्य चौकीबाट आईरन चक्कीका साथै क्याल्सियम पनि नि:शुल्क वितरण गरेको उनले बताए । महिला सुत्केरी भएको थप ४५ दिनसम्मको लागि क्याल्सियम दिने, तिन पटक पिएनसि चेकअप सुत्केरी महिलाको घरमै गएर नि:शुल्क गर्ने व्यवस्था पनि नगरपालिकाले गर्दै आएको छ । गर्भवती महिला तथा शिशु स्हयार कार्यक्रम सञ्चालनका लागि देवदह नगरपालिकाले बार्षिक रुपमा पोषण तर्पm ५ लाख र शल्यक्रिया तर्पm १ करोड ४५ लाख रुपैया बजेट बिनियोजन गरेको जनस्वास्थ्य अधिकृत वञ्जाडेको भनाई छ । शल्यक्रिया गर्नुपरेमा गर्भवती महिलालाई सिधै देवदह मेडिकल कलेज पठाइने र नि:शुल्क शल्यक्रियाको व्यवस्था मिलाईएको वञ्जाडेले बताए । देवदह मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिएका गर्भवती महिलाहरुको लागि सुत्केरी हुदा शल्यक्रिया गर्दा लगाएत लाग्ने खर्चहरु मेडकल कलेजले भौचर ल्याएको खण्डमा नगरपालिकाबाट तत्काल भुक्तानी गर्ने गरेको बन्जाडेको भनाई छ ।

बन्जाडेका अनुसार कार्यक्रम सञ्चालन गर्नका लागि संघिय सरकारको सहयोग र आन्तरिक सहयोगबाट सञ्चालन भइरहेको हो । स्वास्थ्य चौकीमा सुत्केरी भएका महिलालाई यातायात खर्चवापत एक हजार, एक क्यारेट अण्डा, आधा केजी ध्यू, सरकारको न्यानो झोला, साबुन २ वटा, १ पोका नुन, झुल गराएर पोषण झोला वितरण गर्ने कार्य नगरपालिकाले गर्दै आइरहेको छ । यो सेवा लिनेमा २० बर्ष देखि ४० उमेर समूहका महिला रहेका छन । आज भन्दा करिव ५ बर्ष अघि नेपालमा मातृ मृत्युदर हुनेमा प्रति एकलाख महिलामा पाँच सय सत्तरी रहेकोमा अहिले घटेर प्रति एक लाख महिलामा दुईसय उन्चालिसमा झरेको र देवदहको सन्दर्भमा भने मातृ मृत्युदर र शिशु मृत्युदर शुन्य अवस्थामा झरेको अधिकृत वञ्जाडेले जानकारी गराएका छन् । गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य चौकीहरुमा उपलब्ध हुने स्वास्थ्य सेवा लाभदायी भएको केरवानी स्वास्थय चौकीबाट स्वास्थ्य सेवा लिनु भएकी केशरी थापाले बताउनु भयो । नगरपालिकाले गर्भवती महिला तथा शिशु स्हयार कार्यक्रम चलाएपछि आपूmहरुलाई धेरै सरल र सहज भएको भन्दै उनले खुशि व्यक्त गरेकी छन् । नगरपालिकाको समन्वय र संयोजनमा स्वास्थ्य चौकीले चलाएको कार्यक्रम निकै फलदायि भएको देवदह स्वास्थ्य चौकीबाट लाभ लिनु भएकी जानकी भट्ट्राईले बताएकी छन् ।