जनताकै सेवा गर्ने अठोटका साथ उम्मेदवार बनेको हुँ : के.सी.

प्रकाशित मिति:

 देवदह । रुपन्देहीको देवदह नगरपालिकाका निवर्तमान मेयर हुन् हिरा बहादुर के।सी।। जसले सरकारी सेवा सुबिधा नलिई जनताको सेवा गरे  । आफूले पाउने सरकारी सेवा सुबिधा नलिएका केसीले नगरबासीको मन जित्ने गरि काम गरे भने नगरको समग्र बिकासम राम्रो नतिजा दिन सफल भए ।

केसी गत स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट देवदहको नगरप्रमुखमा निर्वाचित भएका थिए । पांच बर्ष सम्म सरकारी सेवा सुबिधा नलिई जनताको सेवा गरेका उनै केसी पुनः देवदह नगरपालिकाको नगरप्रमुखका उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । उनी नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत नगरप्रमुखको उम्मेदवार बनेका हुन् । राम्रो काम गरेर नगरबासीको मन जित्न सफल भएका केसी पुनः मेयरको उम्मेदवार बनेपछि नगरबासी समेत थप उत्साही भएका छन् । देवदह क्षेत्रमा राम्रो पहिचान बनाएका केसी मेयर निर्वाचित भएपछि जनता माझ थप लोकप्रिय बन्न सफल भएका छन् । केसीले नगरप्रमुखका रुपमा राम्रो काम गरेको, नगरबासीको मन जित्न सफल भएको र नगरको समग्र बिकासमा राम्रो नतिजा दिन सफल भएको भन्दै पार्र्टीको तर्फबाट सर्वसम्मत मेयरको उम्मेदवार बनाईएको कांग्रेसले जनाएको छ । नगरप्रमुखमा निर्वाचित भएपछि नगरको बिकासका लागि धेरै काम गरेको उल्लेख गर्दै केसीले नगरको थप बिकास र बाँकी योजना पूरा गर्नका लागि आफू पुनः नगरप्रमुखको उम्मेदवारका रुपमा प्रस्तुत भएको बताए ।

नगरमा शिक्षा, स्वास्थ्य, पर्यटन, पुर्वाधार र कृषि, सडक कालोपत्रे, बिद्युत्, खानेपानी लगायतका बिकास निर्माण र पूर्वाधारका क्षेत्रमा उल्लेख्य मात्रमा काम गरेका केसीले नगरबासीको साथ, समर्थन र चाहना बमोजिम पुनः नगरप्रमुखको उम्मेदवार बनेको बताए । “जनताकै सेवा गर्ने अठोटका साथ उम्मेदवार बनेको हुँ ।, ‘नगरप्रमुख भएपछि मैले बोलेर भन्दा पनि काम गरेर देखाएको छु,– केसीले भने ।’ ‘नगरको बिकासका लागि अझै धेरै काम गर्न बांकी छ ।’ ती अधुरा काम र योजनाहरु पूरा गर्ने संकल्पका साथ म फेरी नगरप्रमुखको उम्मेदवारका रुपमा प्रस्तुत भएको हो ।” नगरको समग्र बिकासका लागि ठोस योजना र कार्यक्रमका साथ आफू चुनावी मैदानमा होमिएको बताउँदै केसीले काँग्रेसको पक्षमा मतदान गरि आफूलाई बिजयी गराउन नगरबासी समक्ष आग्रह समेत गरेका छन् । “म कुनै आर्थिक लाभ र ब्यक्तिगत स्वार्थका लागि मेयरको उम्मेदवार बनेको होइन– केसीले भने ।’ नगरको समग्र बिकास गर्न र नगरबासीको सेवा गर्ने उद्धेश्यले उम्मेदवार बनेको हुँ ।” ‘नगरलाई आर्थिक, सामाजिक र भौतिक रुपमा समृद्ध बनाएर नमुना नगरकै रुपमा बिकास गर्ने आफ्नो योजना रहेको उनले सुनाए । नगरको बिकासका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, पुर्वाधार र कृषि क्षेत्र आफ्नो बिशेष प्राथमिकतामा रहेको केसीले बताए ।

नगरमा आधारभुत स्वास्थ्य सेवा निःशुल्क गर्ने, प्रत्येक वडामा २४ सै घण्टे स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने, प्रविधियुक्त प्रशासनीक सेवा प्रदान गर्ने, देवदहलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने, नीतिगत भष्ट्राचारको अन्त्य गर्ने, कृषि उपज संकलन केन्द्र संचालन र शीत भण्डारको निर्माण गर्ने, नगर अन्र्तगत रहेका सडकको स्तरोन्नती गर्ने आफ्नो योजना रहेको उनले बताए । यस्तै पर्यटकीय चक्रपथ निर्माण गर्ने, पर्यटकीय क्षेत्रमा विद्युत, खानेपानी, शौचालयको उचित ब्यवस्था गर्ने, जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षणको ब्यवस्था गर्ने, एक वडा एक खेल मैदान निर्माण गर्ने, पार्क तथा उद्यान बनाउने, लक्षित समुहका लागि विशेष अनुदान सहितको कार्यक्रम संचालन गर्ने केसीले प्रतिबद्धता जनाएका छन् । लामो समयदेखि राजनीतिक र सामाजिक गतिविधीमा सकृय रहेका केसी सो क्षेत्रको विकास र समृद्धिका निम्ति अनवरतढंगबाट समर्पित हुदै आएका छन् । गत स्थानीय निकायको निर्वाचनमा लोकप्रिय मतका साथ मेयरमा बिजयी भएका केसी नेपाली कांग्रेस क्षेत्र नं। १ का क्षेत्रीय सभापति समेत हुन् । सरल, शालिन र भद्र स्वभावका उनी ईमान्दार, मृदभाषी र मिलनसार नेताका रुपमा पनि चिनिन्छन् ।

नगरबासीको सहज सम्र्पक र पहुँचमा रहन सक्ने उनको मूख्य बिशेषता हो । जनताका गुनासो र समस्या सहज रुपमा सुनिदिने र समाधानका लागि पहल गर्ने सरल ब्यबहार कारण पनि उनलाई साझा उम्मेदवारका रुपमा हेरिएको छ । सदा जनताको सेवामा समर्पित भएकै कारण केसी सो क्षेत्रका जनताको मनमा बस्न सफल भएका छन् । जनताको हरेक सुखदुख र पिरमर्कामा साथ दिदैं आएका केसीले जनतासँग गरेका बाचा र प्रतिबद्धता पूरा गरेकै कारण यसपटकको निर्बाचनमा निर्बिकल्प उम्मेदवारका रुपमा समेत हेरिएको छ ।