काठमाडौं मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले गरे मतदान

प्रकाशित मिति:

काठमाडौं – काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर पदका उम्मेदवार र्यापर बालेन्द्र शाह (बालेन) ले मतदान गरेका छन्।काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रमा पुगेर बालेनले मतदान गरेका हुन्।उनले मतदान गर्नु अघि नै आफ्नो जित निश्चित भएको बताएका छन्। मतदान केन्द्रमा पुगेका बालेनले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन्।

ज्योतिषशास्त्र अनुसार बालेनले बिहान ११ बजेर तीन मिनेट जाँदा मतदान गरेको बताएका छन् ।