रसुवा । वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ ।उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए।
अहिले २ः३० बजेसम्म ६० प्रतिशत मतदान भएको उहाँले जानकारी दिनुभयो । जिल्लाको ५१ मतदान केन्द्रबाट ३८ हजार ५४५ मतदाताले मतदान गरिरहेका छन् ।












