बुटवल उपमहानगरपालिकाको वडा ११को मतगणना कार्य स्थगित!!मतपेटिका शिल तोडिएकोमतपेटिकाभित्रै स्वस्तिक छाप,

प्रकाशित मिति:

बुटवल उपमहानगरपालिकाको मतगणना कार्य स्थगित भएको छ। मतगणनाको क्रममा वडा नम्बर ११ को मतपेटिका शिल तोडिएको भेटिएपछि मतगणना कार्य स्थगित भएको हो।

मतपेटिकाभित्रै स्वस्तिक छाप समेत फेला परेपछि अहिले मतगणना कार्य स्थगित भएको निर्वाचन कार्यालयले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मतपेटिका नै शिल तोडिएको भन्दै पुनः मतदान हुनपर्ने माग गर्दै मत गणना स्थलबाट बाहिरिएको छ।