भरतपुर महानगरमा रेनु ३ हजार मतले अगाडि

प्रकाशित मिति:

काठमाडौँ – भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले १५ हजार ७४७ मत ल्याएर अग्रता कायमै राखेकी छन् ।बिहीबार मध्याह्नसम्म ४१ हजार ४१४ मत गनिसक्दा नेकपा एमालेका विजय सुवेदी १२ हजार ६१९ मतले पछ्याइरहेका छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ५१३ मत पाएका छन् ।उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १८ हजार २४० मतसहित अगाडि छन् भने उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत १० हजार १३६ मात्र छ ।