मोटरसाइकलको ठक्करबाट बुटवलमा पैदल यात्रुको मृत्यु

प्रकाशित मिति:

बुटवल/बुटवलको कालिकानगरमा मोटरसाईकलको ठक्करबाट एकजनाको ज्यान गएको छ। भैरहवाबाट बुटवल तर्फ आईरहेको लु ५४ प ७३०७ नम्बरको मोटरसाईकलले पैदल यात्रा गरिरहेका पैदल यात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो।

मृत्युहुनेमा कालिकानगरका ७२ वर्षिय पशुपति भट्टराई रहेको प्रहरीले जनाएको छ । मोटरसाईकलको ठक्करबाट घाईते भएका भट्टराईलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाँदा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए।प्रहरीका अनुसार मोटरसाईकल चालक पनि घाईते भएका छन् । चालक बिरेन थापाको बुटवल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।