स्थानीय तहको निर्वाचन– २०७९ मा राजनीतिक दलहरुप्रति आम मतदाताको भावना मुखरित : डा. चापागाईं

प्रकाशित मिति:

बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईंले स्थानीय निर्वाचन–२०७९ मा निर्वाचित सबै जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

उहाँले आफ्नो फेसबुक वालमा पोष्ट गर्दै ‘स्थानीय निर्वाचन– २०७९ को प्राप्त नतिजाले नेपाली राजनीतिको तस्बीर प्रस्तुत गरेको छ । यो परिणामले नेपालका राजनीतिक दलहरुप्रति आम मतदाताको भावना मुखरित भएको छ । यस बारेमा सबै तहमा अवश्य छलफल र समीक्षा हुने नै छ । यो चुनावमा देशभरिबाट निर्वाचित हुनुहुने नव निर्वाचित जनप्रतिनिधिहरुलाई हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’ भन्नु भएको छ ।

आफ्नो फेसबुक वालमा उहाँले ‘ यो निर्वाचनमा नेकपा एकीकृत समाजवादीको चुनाव चिन्ह कलममा मतदान गर्नुहुने सबैमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु । चुनावी परिणाम जो जस्को पक्षमा आए पनि जनमतलाई सहस्र स्वीकार गरी जनताको हित र पक्षमा क्रियाशील एवं समर्पित भइरहनु जिम्मेवार राजनीतिक दलका कार्यकर्ताको कर्तव्य र दायित्व हो ।’ भन्नु भएको छ । उहाँले आफू मतदाता रहेको बुटवल उपमहानगरपालिकामा नगर प्रमुखमा खेलराज पाण्डेय, उपप्रमुखमा सावित्रादेवी अर्याल र १९ सै वडामा निर्वाचित वडा अध्यक्ष एवं सदस्यहरुका साथै रुपन्देहीका सबै पालिकाहरुमा निर्वाचित जनप्रतिनिधिहरुलाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।