नवलपरासीमा स्थानीय तहका प्रमुख र उपप्रमुखले गरे पदभार ग्रहण

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने

नवलपरासी

जेठ ९

पश्चिम नवलपरासीका सातै वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुले पदभार ग्रहण गर्नु भएको छ ।

सुनवलमा नगर प्रमुख बिमला अर्याल र उपप्रमुख सुर्य दुबे, बर्दघाटमा नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उप प्रमुख रुद्र प्रकाश उपाध्याय रामग्राममा नगर प्रमुख धनपत यादव र उपप्रमुखमा सम्झना चौधरी, सुस्तामा प्रमुख टेक नारायण उपाध्याय र उपप्रमुख मा गिता चौधरी, प्रतापपुर गाउपालिका प्रमुख उमेश यादव र उपप्रमुखमा मानकुमारी चौधरी, सरावलमा प्रमुखमा सुखाडी चौधरी र उपप्रमुखमा बासमती हरिजनले पदभार ग्रहण गर्नु भएको छ ।

पदभार ग्रहण गर्दै उहाहरुले कर्मचारीहरुलाई जनमैत्री भएर काम गर्न निर्देशन दिनु भएको छ ।