मध्यनेपालका नगरप्रमुख पाण्डेको पहिलो निर्णय विद्यार्थी र दीर्घरोगीको हितमा

प्रकाशित मिति:

दमौली ,९ जेठ । मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले पदस्थापना गरेका छन् । पदस्थापनाका क्रममा नगरप्रमुख पाण्डेले दुई वटा निर्णयमा हस्ताक्षर गरेका छन् । नगरप्रमुख पाण्डेले पदस्थापनाका क्रममा मध्यनेपाल नगरपालिका अन्र्तगत स्थायी ठेगाना भएका अल्पसंख्यक दलित तथा आर्थिक रुपमा विपन्न छात्रछात्रहरु उच्च शिक्षा अध्ययन गर्न बाहिरी जिल्लाहरुमा जान खर्चिलो तथा असुविधाजनक भएकाले त्यस्ता विद्यार्थीलाई नगरपालिका अन्र्तगत रहेका सामुदायिक क्याम्पसहरुमा अध्ययनका लागि प्रोत्साहन गर्न साथै उनीहरुको शैक्षिक अवस्था सुधार गरि राष्ट्रले लिएको दिगो विकासकोलक्ष्यम समेत गर्न त्यस्ता विद्यार्थीका लागि नियमित मासिक शुल्क बेर्होने निर्णय गरेका छन् ।

त्यसैगरी नगरप्रमुख नगरप्रमुख पाण्डेले मध्यनेपाल नगरपालिका अन्र्तगत रहेका मृगौला तथा क्यान्सरबाट पीडित बिरामीहरुलाई उपचारमा धेरै रकम खर्चिनुपर्ने तथा त्यस्ता परिवारको आर्थिक अभावका कारण औषधी उपचार तथा विरामीका लागि आवश्यक पर्ने सामान्य पोषणको समेत व्यवस्थापन गर्न कठिनाई भएको अवस्थामा त्यस्ता प्रकारका दीर्घ रोगीहरुलाई आर्थिक बर्ष २०७९/८० बाट लागू हुने गरी प्रति बिरामी मासिक ३ हजार पोषण खर्च उपलब्ध गराउने निर्णय समेत गरेका छन् ।