बुटवल,९ जेठ । रुपन्देहीको तिलोत्तमामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । तिलोत्तमा नगरपालिका वडा नं ५ सीमानगरकी बालिका बलात्कृत भएकी हुन् ।बालिकालाई मिठाई खान जाने प्रलोभन देखाएर छिमेकीले आइतबार साँझ नजिकैको तिनाउ खोलामा लगेर बलत्कार गरेको प्रहरीले जनाएको छ । बालिका चिच्याएपछि स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए ।
बलात्कार गरेको अभियोगमा प्रहरीले बुटवल उपमहानगरपालिका–११ का ५९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्त विरूद्व जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । अभियुक्तले बालिकालाई बलात्कार गरेको स्वीकारेको पनि प्रहरीले जनाएको छ ।बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ ।












