सुरेश परियार,बैशाख ९ गते- मायादेवी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सोमबार शपथ ग्रहण गरेका छन् । अध्यक्ष,उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यले एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् । शपथपछि निर्वाचित उनीहरूले पनि पदभार ग्रहण गरेका छन् ।रुपन्देही जिल्लाका मुख्य निर्वाचन अधिकृतले निर्वाचित मायादेवी गाउँपालिकाको अध्यक्षमा धुव्रनारायण चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । त्यसपछि गाउँपालिका प्रमुख चौधरीले नवनिर्वाचित गाउँपालिका उपाध्यक्ष नरबदादेवी उपाध्याय तथा मायादेवी गाउँपालिकाका ८ वटै वडाका जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराएको गाउँपालिका कर्मचारी ह्रदेश बनियाँले जानकारी दिए ।
शपथ ग्रहण गरेका वडाध्यक्षहरूमा मायादेवी वडा नम्बर १ का पल्टु लोध, वडा नम्बर २ का अग्नु यादव, ३ वडाका मोहम्मत रफिक खाँ, वडा नम्बर ४ का अरुण तिवारी, वडा नम्बर ५ का तेज नारायण पाल, वडा नम्बर ६ का अवधराज यादव, वडा नम्बर ७ का शैलेन्द्र कुमार पाण्डे ंर ८ वडाका चोक बहादुर थापा रहेका छन् ।मायादेवी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धुव्रनारायण चौधरीले पहिलो कार्यकालमा कानुनी र प्राविधिक कारणले पूरा हुन नसकेको कामहरू यस कार्यकालमा पूरा गर्ने बचनबद्धता व्यक्त गरे । सो कार्यक्रममा निर्वाचन अधिकृत धर्मा अर्याल बेल्बासे,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सीना,विभिन्न राजनितिक दल,कर्मचारी लगायतको उपस्थितिमा कार्यक्रम भएको हो । गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा शिक्षा शाखा अधिकृत नारायण लामिछानेको रहेको थियो ।












