बर्दियाको राजापुर नगरपालिकाका मेयर दिपेश थारुले राजनीतिक दलमा आवद्ध शिक्षकहरुले तत्काल राजीनामा दिन निर्देशन दिनुभएको छ ।सोही नगरपालिकाको मेयरमा निर्वाचित भएसँगै शिक्षा क्षेत्रको विकासका निम्ति उहाँ खरो रुपमा उत्रिनुभएको हो । मेयर थारुले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा आवद्ध हुँदा पठनपाठन कार्य समेत अवरुद्ध हुने बताउनुभएको छ।
उहाँले बिधालयको पठनपाठनमा नगई पार्टी काम गरेर पार्टीका कार्यक्रम,बैठक,संगठन निर्माणमा लाग्ने र राज्यको सेवा सुविधा र तलब भत्ता बुझ्ने काम पेशागत नैतिकता र आचरण भित्र नपर्ने भन्दै कानुन बिरोधी काम तत्काल रोक्न ७ दिनभित्र राजीनामा दिने र राजिनामा नदिए नदिएको जानकारी पठाउन समेत नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई उहाँले निर्देशन दिनुभएको छ। पदभार ग्रहण गरेसँगै मेयर थारुले द्वन्द्व प्रभावित व्यक्तिका परिवारका युवाहरुलाई रोजगारीको ब्यवस्था गर्ने समेत बताउनुभएको छ । साथै जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्ने पनि उहाँको तर्क छ । त्यस्तै, किसान र आम नागरिकको गुनासो सुन्न कलसेन्टरको समेत ब्यवस्था गर्ने उहाँको दावी छ ।












