ओलीले सत्ताबाट बाहिरिनुपर्दाको कुण्ठा र पूर्वाग्रह संसदमा पोखे

प्रकाशित मिति:

काठमाडौं, जेठ १२ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद मीन बहादुर विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाट बाहिरिनुपर्दाका कुण्ठा र पूर्वाग्रह संसदमा पोखेको बताएका छन्। बिहीबार संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै सांसद विश्वकर्माले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा भन्दा पनि अदालतको आदेशका विषय आफ्ना कार्यकतासँग बसेर गफ दिएको जस्तो ओलीको प्रस्तुति रहेको टिप्पणी गरेका छन्।

उनले हुँदै नभएको कुरालाई उखान टुक्कासँग जोडेर गरेका गफ र कुण्ठा अभिव्यक्त गर्ने कुरालाई लिएर त्यसैलाई आधार बनाउन नमिल्ने पनि बताएका छन्। ओलीको सम्बोधन नीति तथा कार्यक्रममाथिको छलफलभन्दा आफ्ना कार्यकर्तासँग गफ गरेजस्तो लागेको उनले बताए।तर, प्रतिपक्षले सरकारको नीति र कार्यक्रममाथि गरेको टिप्पणी सामान्य रूपमा लिइने पनि विश्वकर्माको भनाइ थियो ।‘प्रमुख प्रतिपक्ष दलले नीति तथा कार्यक्रम प्रतिको टिप्पणी हो । त्यो गर्नु भएको छ त्यसलाई सामान्य रुपमा लिन्छौं,’ उनले भने।सांसद् विश्वकर्माले पूर्वपधानमन्त्री ओलीको भाषण प्रमुख प्रतिपक्ष दलले सरकारको नीति तथा कार्यक्रम प्रतिको टिप्पणीका रुपमा सरकारले लिने बताए ।