काठमाडौं, जेठ १६ – आजदेखि देशभर कक्षा १२ को वार्षिक परीक्षा शुरु हुँदै छ। आज बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ। कक्षा १२ को परीक्षामा चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार सबै परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ। परीक्षा केन्द्रले नै प्रिन्ट गर्नुपर्नेछ।कोरोना भाइरसको महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको थियो। त्यसलाई यस वर्ष पनि निरन्तरता दिइएको हो। यसमा बोर्डका प्रादेशिक कार्यालयले जिल्ल परीक्षा समन्वय समितिसँग समन्वय गरेर काम भइरहेको उनले बताए। कक्षा १२ को परीक्षा जेठ २५ गतेसम्म सञ्चालन हुनेछ।












