आज फेरि खोजी गर्न थालियो हराइरहेको तारा एयरको जहाज

प्रकाशित मिति:

काठमाडौं । आइतबार बिहानबाट सम्पर्कविहीन भएको तारा एयरको जहाज पुन आजबाट खोज्न थालिएको छ । तारा एयरका अनुसार सम्भावित क्षेत्रतिर आज बिहानै बाट खोजी थालिएको हो ।आइतबार बिहानै सम्पर्कविहीन भएपश्चात नै ताराको विमान खोजि गर्न थालिएको थियो । तर उक्त विमान फेला पार्न सकिएको छैन ।

आइतबार नेपाली सेनाको हेलिकप्टरसहित विभिन्न तवर र तरिकाले जहानजको खोजी गरिएको थियो । यद्यपि कतै भेटिएको छैन ।मौसम प्रतिकुल बनेकाले उक्त जहान खोजी गर्न परिचालन भएको टोलीले साँझपछि स्थगित गर्नुपरेको थियो ।जहान मनाङको लेते, टिटीजस्ता विभिन्न क्षेत्रमा दुर्घटनामा परेको अनुमान गरिएको छ । मनाङका स्थानीयहरुले पनि शंका गरेका स्थनातिर सेनाको हेलिकप्टर जान नसकेको बताइएको छ ।

हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एन–एईटी–डीएचसी–६ ट्विनअटर जहाज सम्पर्कविहीन हुन पुगेको हो ।पोखराबाट जोमसोम पुग्न २० मिनेट लाग्छ । तर उडेको १२ मिनेटमै उक्त जहाज सम्पर्कविहीन भएको थियो ।

हराइरहेको जहाज अन्तिम पटक जोमसोम टावरसँग आइतबार बिहान १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको तारा एअरले जनाएको छ ।जहाज खोज्न जोमसोमबाट हेलिकप्टर पठाइए पनि प्रतिकूल मौसमका कारण हेलिकप्टर फेरि जोमसोम फर्किएको थियो ।सो जहाज खोजी तथा उद्धारका लागि काठमाण्डौ, पोखरा तथा जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको जनाइएको छ । मौसम सुधार हुनासाथ खोजीको काम सुरु भइहाल्ने तारा एयरले जनाएको छ ।हराइरहेको जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना रहेको खुलेको छ । त्यस्तैगरी दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली रहेको बताइएको छ ।