काठमाडौं, जेठ १६ : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रिय सभागृहमा शपथ लिएपछि मेयर र उपमेयरले महानगरपालिकाको कार्यलय पुगेर पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणलगत्तै मेयर शाहले नगरसभाको बैठकको प्रत्यक्ष प्रसारण गरिने घोषणा गरेका छन् । नगरसभाको बैठक आजै अपराह्न ४ बजे बस्दै छ । सो बैठकको प्रत्यक्ष प्रसारण गरिने मेयर शाहले बताएका छन्।
उनले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खादा माला नलगाउने समेत बताएका छन् । काठमाडौंको फोहोरको असर सिसडोलबासीले व्यहोर्नुपरेको बताउँदै मेयर शाहले फोहोरको उचित व्यवस्थापन नभएसम्म र सिसडोलबासी स्वच्छ वातावरणमा बाच्ने अवस्था नभएसम्म खुसी नमनाउने बताए। उनले फोहोर व्यवस्थापनको कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए।












