चापाकोटको विकासको लागि ८७० मेगावाटको जलाशययुक्त कालीगण्डकी २ आयोजनालाई अगाडी बढाउन पर्छ : सांसद पाण्डे
चापाकोट नगरपालिकाले आइतबार काठमाडौमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै चापाकोटको समग्र विकासको लागी ८७० मेगावाटको जलाशययुक्त कालिगण्डकि २ आयोजनालाई अगाडी बढाउन पर्ने भन्दै आफ्नो धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथी पाण्डेले सरकारले सबै प्रकारका बेथिति हटाउन जनप्रतिनिधि र कर्मचारी विच भुमिका खेल्नु पर्ने बताए । कार्यक्रममा सहभागीहरुले निर्वाचित जनप्रतिनिधिलाई योजना वद्ध ढंगले अगाडि बढ्न आग्रह गर्दै आफूहरुले चापाकोट नगरपालिकाको विकास निर्माणको काम सहयोग गर्न सधैँ तयार भएको बताएका थिए ।
सहभागीहरुले चापाकोटमा करोडौँका विकास निर्माण योजनाहरु गएको स्थानीय सरकारले विभिन्न बाहानामा फ्रिज बनाएको भन्दै स्थानीय सरकारले फराकिलो मन बनाउँदै राजनीतिक विचारको आधारमा विभेद नगरी अगाडी बढ्न आग्रह गरे । सांसद मोहन प्रसाद पाण्डेको प्रमुख अतिथिमा भएको कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, एआइजी मकुन्द आचार्य, अर्थमन्त्रालयका सहसचिव महेश भट्टराई, नेकपा एमालेका केन्द्रीय सदस्य किशोर मल्ल, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य ताज महम्मद मिँया, नेपाल सुशासन पार्टीका केन्द्रीय महासचिव गोविन्द गिरी, राप्रपाकी मुन शाह, नेपाली काँग्रेस चापाकोटका नगर सभापति विक्रम सारु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
चापाकोट नगरपालिकाका नगरप्रमुख देव बहादुर खाँण ईश्वर को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख इशा रानाले राखेकी थिइन । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दामोदर शर्माले सञ्चालन गरेको कार्यक्रममा चापाकोटमा जन्मथलो भएर काठमाडौंमा विभिन्न क्षेत्रमा आवद्ध एक सय बढीको सहभागीता रहेको थियो













