बर्दघाटमा चट्याङ लागेर १ जनाको मृत्यु

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
जेष्ठ १८ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा चट्याङ लागेर बुधबार एकजनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ११ का अन्दाजी ४० बर्षिया ईन्द्र बहादुर चौधरीको विहान ६ बजेको समयमा चट्याङ लागेकोे ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ ।

चौधरी विहान खेत हेर्न गएका बेला चट्याङ लागेको बताईएको छ । चौधरीलाई उपचारका लागि बर्दघाट २ मा रहेको चिसापानी अस्पतालमा उपचारका लागि लगेकोमा विहान ८ बजेर १२ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए ।