सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेत पक्राउ

प्रकाशित मिति:

काठमाडौं, जेठ २१ – काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। छात्राहरुमाथि यौन दुर्व्यवहारको आरोप लागेका बस्नेतलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको हो।

सर्वनाम शिक्षालयका छात्राहरुले वार्डेन बस्नेतले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्। यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावकहरु होस्टल पुगेका थिए। उनीहरुले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका थिए।घटनापछि फरार रहेका बस्नेतलाई फेला पार्न नसकेपिछ प्रहरीले अनुसन्धानका लागि शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका बस्नेतलाई रामेछापबाट काठमाडौं ल्याउँदै गरिएको छ।