खुमाकान्त न्यौपाने । नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) शाखाले नेपाली कांग्रेस नवलपरासीको कार्यालयमा शुक्रबारबाट अनिश्चितकालिन तालाबन्दी गरेको छ । पार्टीको परासी स्थित कार्यालयमा संघका अध्यक्ष राजन भण्डारी ( समुह ) को नेतृत्वमा रहेको नेविसंघको टोलीले कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।
पार्टीको नेतृत्वपक्तीले नेपाल विद्यार्थी संघलाई बिधी बिधान अनुरुप चल्न नदिन गुप उपगुठ बिभाजन बनाएको आरोप लगाउदै तालाबन्दी गरिएको संघका सभापति भण्डारीले जानकारी दिनुभयो ।

पार्टीको नेतृत्वपक्तीले नेपाल विद्यार्थी संघलाई गुटगत रुपमा सन्चालन गर्न खोज्दा संघको राजनिती धरासाही भएको जनाउदै तालाबन्दी गरिएको सभापति भण्डारीको भनाई छ । जिल्लामा नेपाल बिद्यार्थी संघ दुई समुहमा बिभाजीत छन् । पहिलो समुह भण्डारीले नेतृत्व रहेको समुह र आर्को दधीराम पौडेलले नेतृत्व गरेको समुह रहेको छ । दुबै समुहले आ आफुलाई आधिकारीक नेविसंघको नेतृत्व रहेको दाबी गरिरहेका छन् ।
यद्यपी नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नयन सिंह महरले मिती २०७५ साउन १८ गते राजन भण्डारीलाई पश्चिम नवलपरासीको संयोजक बनाएर तिन महिना भित्र अधिबेशन गर्ने पत्र दिईसकेका छन् । 
यस अगाबै नेपाल बिद्यार्थी संघ नवलपरासीको अघिल्लो अधिबेशनबाट उपाध्यक्ष समेत रहेका भण्डारीलाई संघीय संरचना पछि पश्चिम नवलपरासीको संयोजकको जिम्मेबारी नेपाल बिद्यार्थी संघ नवलपरासीका सभापति राजेश पौडेलले समेत दिईसकेको अवस्था देखिन्छ ।
तर यता दधीराम पौडेलले नेतृत्व गरेको संघले पनि आफु आधिकारी भएको दाबी गरेका छन् । नेपाल बिद्यार्थी संघ प्रदेश नं ५ का संयोजकले आफुलाई आधाकारीक रुपमा चिठी दिएको दाबी गरेका छन् ।












