ननिर्वाचित जनप्रतिनिधिहरुलाइ बधाई तथा सम्मान

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमा ३ मा रहेको मिरा ट्रस्टले ननिर्वाचित जनप्रतिनिधिहरुलाइ बधाई  तथा सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका निर्वाचित मेयर रामकृष्ण  खाण लगायतका जनप्रतिनिधिहरुलाइ सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै बुटवल  उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेयले जनप्रतिनिधी सार्बजनिक पद धारण  गर्ने ब्यक्ती भएकाले समाज्का नागरिक  तथा संघ संस्था संगको हातेमालोले अगाडी  बढी उपमहानगरको बिकाश गर्न लागिपर्ने बतार ।

तिलोत्तमाका प्रमुख खाणले सस्थाले आफुहरुप्रती देखाएको अपनत्वले खुशी  मिलेको बताए । उनले सामाजिक उत्तरदायित्व बहन गर्दै काम गरिरहेको संस्था ले समाज बिकाश मा पालिकालाइ सहयोग गरिरहेको जनाए । मिरा कोषकि अध्यक्ष  मिरा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषका सल्लाहकार हेमलाल शर्मा, लगायत अन्य सदस्यले नया जनप्रतिनिधि बाट जनताले चाहेको बिकास  र सम्बृद्धिका लागि सफलताको शुभकामना  दिएका थिए । उनिहरुले गैर सरकारी संस्थाले पालिका संग सहकार्य गरि कार्यक्रम गर्ने बताए ।