सयपत्री हाइड्रोपावरको आईपीओ निष्कासन हुने मिति तोकियो,

प्रकाशित मिति:

CLICK AND JOIN NOW – SHARE BAZAR NEWS (सेयर बजार न्युज)

सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यका ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात बागलुङ जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यो आईपीओ छिटोमा असार १६ गतेसम्म विक्रीमा रहने छ भने उक्त अवधिमा सम्पूर्ण बिक्रि नभएमा ढिलोमा असार ३१ गतेसम्म विक्रीमा रहनेछ । स्थानिले आईपीओ खरीदका लागि प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौंबाट आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।हाल संस्थापक तर्फबाट ७० प्रतिशत रू. २१ करोड चुक्तापूँजी कायम रहेको कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत र कर्मचारी र सामूहिक लगानीकोष सहित सर्वसाधारणमा २० प्रतिशत शेयर जारी गर्नेछ ।

कम्पनीले बाग्लुङमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । जसले ०७३ असारदेखि उत्पादन समेत थालिसकेको छ ।आयोजनास्थल बागलुङ बजारदेखि घुसमेली गाउँसम्म करिब ३५ किलोमिटर (२० किलोमिटर ग्राभल र १५ किलोमिटर माटोको सडक स्तरोन्नति हुने) रहेको छ । आयोजनाको वेयर साइट हिला र अर्गल गाविसमा र पावर हाउस अर्गल गाविसमा अवस्थित छ।