सुदिप गौतम । बुटवल – मनले मान्दै मानेन “नामक पप गीतको छायांकन सम्पन्न भएको छ । तिनाउ गाउपालिका पाल्पा दोभानको झ्याङ्ग्लाको रमणीय स्थानमा गीतको छायांकन गरिएको हो।

मनोज खड्काको शब्द अनि एरेंज्मा जेनेसीस क्षेत्रिको आवाज र संगीत रहेको छ। ओमी म्युजिक स्टुडियोमा रेकर्ड भएको उक्त गित अब पप गीत पारखी दर्शक माझ चाडै आउने निर्देशक खड्काले बताए।अरु गीतहरुको संख्यामा पप गीतहरु बजारमा कम आएपनि यो गीतले दर्शकको मन जित्ने बिश्वास गायक जेनिशले लिएका छन। भिडियोमा एलिश गुरुङ ,अन्शु बस्याल ,सपना जिसी, निर्मल रायमाझीको अभिनय हेर्न सकिन्छ ।
गीत माया प्रेममा आधारित रहेको छ । भिडियोको निर्माता निर्मल रायमाझी रहेका छन । गीतको छायांकन र सम्पादन दिपक परियारले गरेका छन। पाल्पा दोभानको झ्याङ्ग्लाको रमणीय दृश्य उनले क्यामेरामा उतारेका छन। मनोज खड्काको निर्देशनमा गीतको निर्माण गरिएको छ । यो गीतको म्युजिक भिडियो ओमी म्युजिक एण्ड ईन्टरटेनमेन्ट को युट्युब च्यानल देखि बजारमा आउने छ । गीतको सफलताको शुभकामना












