प्रकाश न्यौपाने
जेष्ठ २४ गते
नवलपरासी । लामो समय देखि पत्रकारितामा सक्रिय पत्रकार राजु पोखरेलको आज मंगलबार निधन भएको छ । पश्चिम नवलपरासीमा बसाेबास गर्दै पत्रकारिताको कर्मथलो बनाएर व्यवसायीक पत्रकारिता गर्दै आउनु भएका पोखरेलको ३४ बर्षमा निधन भएको हो । पोखरेल नेपाल पत्रकार महासङ्ग नवलपरासीको सदस्य, प्रेस सेन्टर नवलपरासीका जिल्ला अध्यक्ष र दौँतरी एफ एम का संचालक तथा स्टेशन म्यानेजरको रुपमा कार्यरत थिए ।
जन्म स्थान गुल्मी जिल्ला धुरकोट गाउँपालिका–४ रौटाडी (जैसिथोक) घर गएको बखत घाँस काट्ने क्रममा भिरबाट लडेर राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो।भिरबाट लडेर घाइते भएका पाेख्रेलकाे अस्पतालमा उपचारका लागि लगिएको भएतापनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधव खरेलले बताए ।












