CLICK AND JOIN NOW – SHARE BAZAR NEWS (सेयर बजार न्युज)
काठमाडौं : अपि पावरको जेठ १८ गतेबाट सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामी बिक्री खुला भइरहेको छ । यसमा आवेदन दिन दिने म्याद अब जेठ २६ गते बिहीबारसम्म मात्र रहेको छ । यसआधारमा लगानीकर्ताले बुधबार र बिहीबार गरी २ दिनभित्र यसमा आवेदन दिइसक्नुपर्नेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।
यसअघि कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता ९३९।३६५० हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हात्तिसार मार्ग, कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
यसैगरी, मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ ।












