गृहमन्त्री खाँण र नेकपाका प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौं, जेठ २५ – गृहमन्त्री बालकृष्ण खाँण र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ । मन्त्री खाण र विश्वकर्माबीच बुधबार बिहान गृह मन्त्रालयमा भेटवार्ता भएको हो।

भेटमा यसअघिका वार्तामा भएका सहमतिपछि भएका कामको लेखाजोखा र समीक्षा भएको गृहमन्त्रालयको सचिवालयले जानकारी दिएका छ। प्रवक्ता विश्वकर्माले कैदी बन्दी रिहा गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर जिज्ञासा राखेका थिए ।सरकारका तर्फबाट गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचनपूर्व केही कैदी बन्दीलाई रिहा गर्न भएको सहमतिअनुरुप प्रक्रिया अगाडि बढेको जानकारी दिएका थिए । अर्को बैठक सम्वन्धित मन्त्रालय र निकायका प्रतिनिधिहरूको समेत सहभागितामा छिटै बस्ने सहमति बनेको मन्त्री खाँणको सचिवालयले जनाएको छ ।