पौडेलले देउवालाई बुझाए स्थानीय निर्वाचन प्रतिवेदन- पूर्णपाठ

प्रकाशित मिति:

काठमाडौं, जेठ २६ – नेपाली कांग्रेस स्थानीय तह निर्वाचन अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय निर्वाचन परिचालन समितिअन्तर्गत बनेको यो उपसमितिका संयोजक प्रदीप पौडेलले सभापति देउवालाई आज प्रतिवेदन बुझाएका हुन्। उनले उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई पनि प्रतिवेदन बुझाएका छन्।

पार्टीले स्थानीय निर्वाचन २०७९ का सम्बन्धमा दिएको कार्यादेशअनुरुप उपसमितिले प्रतिवेदन तयार पारेको जनाइएको छ। यो उपसमितिले वडा तहसम्म निर्वाचनको गतिविधि र परिचालन के कसरी सञ्चालन भयो र गठबन्धनमा रहेका दलहरूबीचको समन्वय कस्तो रह्यो भनेर अध्ययन र विश्लेषण गरेको थियो।पौडेलले बुझाएको प्रतिवेदनअनुसार कांग्रेसले ४ सय २३ पालिकामा एकल उम्मेदवारी दिएकोमा २ सय १ पालिकामा जितेको छ। कांग्रेसले २०९ पालिकामा गठबन्धन गरेर उम्मेदवारी दिँदा १२८ पालिकामा मात्रै जितेको, देशैभर ६३२ पालिकामा उम्मेदवारी दिएकोमा ३२९ पालिकामा प्रमुखरअध्यक्ष जितेको छ ।

कांग्रेसले उम्मेदवारी दिएकोमध्ये ५२।०५ प्रतिशत पालिका जितेको छ भने समग्रमा ४३।७ पालिका जितेको छ । कांग्रेसले गठबन्धन नगरी ४१६ कार्यकारी पद जितेको छ भने गठबन्धन गरेर २ सय १३ कार्यकारी पद जितेको प्रतिवेदनमा उल्लेख छ।कांग्रेसले १ हजार ६ सय ६५ वडाध्यक्ष जितेको प्रतिवेदनमा उल्लेख छ।२०७४ मा भएको स्थानीय निर्वाचनभन्दा यसपटक मत र पद दुवैमा कांग्रेसले प्रगति गरेको निष्कर्ष निकालिएको छ। २०७४ मा जितेको २६६ पालिकामध्ये १४० वटामा कांग्रेस नेतृत्व दोहोरिएको प्रतिवेदनमा जनाइएको छ।

प्रतिवेदनको-प्राप्ति-तथा-निष्कर्ष (1).pdf – Google Drive