कम्तिमा १०० कित्ता पर्ने एचआइडीसीएलको शेयर बिक्री खुल्दै , यस्तो छ आवेदन दिने तरिका।

प्रकाशित मिति:

CLICK AND JOIN NOW – SHARE BAZAR NEWS (सेयर बजार न्युज)

काठमाण्डाैं

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले असार ५ गतदेखि कुल ३ करोड कित्ता सेयर लिलामी गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआइडीसीएलले जनाएको छ । असार १९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ ।

न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।

साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम संख्याको लागि भने कुने हद तोकिएको छैन ।