कञ्चनमा असार ३ गते देखि सन्ध्याकालिन दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सव
, कञ्चन/सुनगाभा हर्नाचौर शान्तीपार्क निर्माणका लागि आर्थिक संकलनार्थ कञ्चनमा असार ३ गते देखि दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सव संचालन हुने भएको छ। सन्ध्याकालिन महोत्सवको रुपमा कञ्चनमा दोश्रो पटक महोत्सव संचालन हुन लागेको हो ।कला र संस्कृतिको संरक्षण र पर्बद्धन संगै कञ्चन पर्या पर्यटनलाई लुम्बिनीको पर्यटनसंग जोडी कञ्चनमा आन्तरिक तथा बाह्य पर्यटनको पर्बद्धनमा टेवा पुर्याउन निर्माण गरिएको सुनगाभा हर्नाचौर शान्तीपार्क निर्माणका लागि आर्थिक संकलनमा सहयोग जुटाउन माहोत्सव संचालन गरिदै आएको महोत्सवका प्रचार संयोजक खेम क्षेत्रीले बताउनु भयो । यस भन्दा अघि पनि प्रथम कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सवको रुपमा संचालन भइसकेको र त्यसको अपार सफलताले पुन दोश्रो पटक महोत्सव संचालन गर्न लागिएको क्षेत्रीले बताउनु भयो ।
कञ्चनमा रहको बिभिन्न सार्वजनिक स्थलहरु मध्ये सुनगाभा हर्नाचौरको अतिक्रमण हुदै आएपछि त्यसको संरक्षणका लागि स्थानीयहरुको सक्रियतामा १ दशक अगाडी देखि बांकी जग्गाको संरक्षण गरि सुनगाभा हर्नाचौर शान्तीपार्कको रुपमा सुन्दर पर्यटकिय स्थल निर्माण कार्य शुरु गरिएको थियो । उक्त संरक्षित जग्गाको संरक्षण र उपयोगितालाई ध्यान दिदै सुनगाभा हर्नाचौर शान्तीपार्क निर्माण गर्न लागे पनि आर्थिक अभावका कारण पार्क निर्माण कार्य स्थगित भएको तर स्थनीयतहलाई आवस्यक बजेट व्यबस्थापन गर्न आग्रह गरिएपनि कुनै बजेट व्यबस्थापन नभएपछि महोत्सव संचालन गर्न लागिएको प्रचार संयोजक खेम क्षेत्रीले बताउनु भयो ।
स्थानीय सुनगाभा महिला समूहको आयोजना तथा सुनगाभा युवा परिवारको सह आयोजनामा संचालन हुने उक्त सन्ध्याकालिन महोत्सवमा दैनिक १० हजार दर्शक आउने अनुमान गरिएको छ। यही असार ३ गते देखि असार १७ गते सम्म लाग्ने सन्ध्याकालिन दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकारहरु खेम सेन्चुरी, पुर्णकला बि।सी।, ज्योती मगर, टीका सोनु, पुस्कल शर्मा, प्रकाश सपुत, र्यापरहरु भ्योमा, रमेश मेलोडी, र्यापर माइला, डान्सरहरु करिस्मा ढकाल, अञ्जली अधिकारी, निरुता खडका लगायतको दैनिक प्रस्तुती हुने आयोजकले जनाएको छ।
कञ्चन गाउपालिका संरक्षक रहेको महोत्सव कञ्चन ४, सुनगाभा चौक हर्नाचौरमा हुने छ भने महोत्सव अवलोकन हेर्न आउने ७० बर्ष भन्दा माथीका सबै जेष्ठ नागरिकहरुको सम्मानार्थ निशुल्क प्रबेश टिकटको व्यबस्था गरिएको समेत आयोजकले जनाएको छ। यस्तै उक्त महोत्सवमा दोश्रो कञ्चन प्रदर्शनी आइडलको पनि आयोजना गरिएको छ। प्रचार संयोजक खेम क्षेत्रीका अनुसार आइडलका विजेताले नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन भने उपविजेताले १५ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्ने छन।स्थानीय संचार गृहहरु सामुदायिक रेडियो कञ्चन र कञ्चन खवरले प्रचार प्रसार तथा संचार प्रबद्र्धन गर्ने महोत्सवको दोश्रो कञ्चन प्रदर्शनी आइडल प्रतियोगितामा तृतिय हुने प्रतियोगीले नगद १० हजार रुपैया सान्त्वना हुने दुईजनाले जनही ३३ हजार रुपैया प्राप्त गर्नेछन।बिभिन्न व्यापारिक स्टलहरुसंगै बाल उधान समेत रहने महोत्सवबाट प्राप्त हुने आम्दानीले सुनगाभा हर्नाचौर शान्तीपार्कमा निर्माण सम्पन्न हुन बांकी बाल उधान, सेल्फीजोन, बगैचा, योग साधना केन्द्रको भवन निर्माण गर्नमा खर्चिने महोत्सवका संयोजक सुरेश क्षेत्रीले बताउनु भयो ।












