CLICK AND JOIN NOW – SHARE BAZAR NEWS (सेयर बजार न्युज)
काठमाडौं ।
शुक्रवार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जानका लागि सम्झौता भएको छ ।
यी दुवै बैंक एक आपसमा गाभिनका लागि सम्झौता गरेका हुन् । सम्झौता पत्रमा मेगा बैंकका अध्यक्ष भोज बहादुर शाखा र नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।
यी दुबै बैंक १००ः ९० को अनुपातमा मर्ज हुन लागेको छ । यो भनेको नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छन् ।मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । बैंक संचालक समितिको अध्यक्षको रुपमा भने पृथ्वी बहादुर पाँडे रहेछन्।
यस्तै, बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भने ज्योति प्रकाशन पाण्डे रहने सहमति भएको छ । मर्जर पछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहनेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पुँजी रुपैयाँ अर्ब रुपैयाँ पुग्नेछ । जुन सबैभन्दा धेरै चुक्ता पूँजी भएको वाणिज्य बैंक बन्नेछ ।
जगेडा कोष २२ अर्ब ३५ करोड २२ लाख ६ हजार र खुद नाफा ४ अर्ब ४९ करोड १७ लाख ९६ हजार रुपैयाँ पुग्नेछ ।
मर्जरपश्चात बैंकको शाखा संख्या ३१६ वटा र एटिएम २७१ वटा पुग्नेछन् । मर्जरपश्चात् बैंकको निक्षेप ३ खर्ब २७ अर्ब ६२ करोड ३ लाख ६७ हजार रुपैयाँ पुग्नेछ । मर्जरपश्चात हरेक क्षेत्रमा सबैभन्दा ठूलो बैंक बन्ने छ ।












