CLICK AND JOIN NOW – SHARE BAZAR NEWS (सेयर बजार न्युज)
काठमाडौं ।
छोटो अवधिमानै नेपालमा लगानीकर्ताहरुको संख्या ५२ लाख पुगेको छ । पछिल्लो समय कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने साधारण सेयरमा लगानी गर्न लगानीकर्ताको संख्या उच्च देखिन्थ्यो तर अहिले भने साधारण सेयरमा आवेदन दिने लगानीकर्ताको संख्या घटेको पाइन्छ ।पछिल्लो पटक जरी भएका ६ कम्पनीको साधारण सेयरमा लगानीकर्ताले दिएको आवेदनको संख्यामा हेर्दा यो संख्यामा गिरावट देखिएको मानिन्छ ।
नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था देखि रिभर फल्स पावर लिमिटेडसम्म आइपुग्दा लगानीकर्ताको आवेदनको संख्या २५ लाख २३ हजारबाट घटेर १८ लाख ५४ हजार मा आएको छ। यो बीच करिब ७ लाख लगानीकर्ताले साधारण सेयरमा आवेदनमा कमी देखिएको थियो।
नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थामा ८२८७० कित्ताका लागि २५ लाख २२ हजार ९ सय ५५ लगानीकर्ताले आवेदन दिएका थिए । ग्रीन भेन्चर लिमिटेडमा ३१ लाख २५ हजार ७ सय ५० कित्ताका लागि २१ लाख ६ हजार ५ सय १६ लगानीकर्ताले आवेदन दिएका थिए ।
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडमा १८ लाख २७ हजार ९ सय ७० कित्ताका लागि २१ लाख ७१ हजार ७ सय ४० लगानीकर्ताले आवेदन दिएका थिए ।उपकार लघुवित्त वित्तीय संस्थामा २३ लाख ६ हजार २ सय ५० कित्ताका लागि २४ लाख ५१ हजार ४ सय ६२ लगानीकर्ताले आवेदन दिएका थिए ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थामा ३ लाख ९५ हजार ३ सय ३६ कित्ताका लागि २२ लाख २ हजार ३ सय ६१ लगानीकर्ताले आवेदन दिएका थिए भने पछिल्लो समय रिभर फल्स पावर लिमिटेडमा उक्त संख्या घटेर २७ लाख ३० हजार कित्ताका लागि १८ लाख ५ हजार ४ सय ४० लगानीकर्ताले आवेदन दिएका थिए।












