बाणगंगा नगरपालिकालाई बालश्रम मुक्त घोणाणको लागि घरघरमा शिक्षा द्वारा सार्वजनिक अपिल !
कपिलवस्तु ३० जेठ । कपिलवस्तुको बाणगंगा नगरपालिकालाई बालश्रम मुक्तनगर घोषणाका लागि घरघमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालले सार्वजनिक अपिल गरेको छ ।
नेपाल सरकारले २०८२ भित्र देशभरीका सबै स्थानिय तहबाट बालश्रम पूर्ण रुपमा हटाउने योजनामा एकवद्धता प्रकट गर्दै विभिन्न स्थानमा बालश्रम सम्बन्धी सुचना मुलक सन्देश प्रवह गर्दै आएको घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालले जानकारी दिनुभयो ।
आईतबार कपिलबस्तु उद्योग बणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेलाई भेटेर संस्था मार्फत बालबालिकालाई काममा लागउँनु हुँदैन भन्दै सुचनामुलक स्टिकार समेत हस्तन्त्रण गरिएको थियो ।

कपिलबस्तु उद्योग बणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले संस्थाले अत्यन्तै सहरनिया कार्य गरको भन्दै बालश्रम मुक्त नगरपालिका घोषणाको लागि आफुहरुको पूर्ण साथ र सहयोग हुने बताउँनुभयो । त्यस्तै नेपाल किसान ट्ेक्टर समितिका कोषध्यक्ष विष्णु गिरीले होचुवाको भरमा बालश्रम मुक्त नगर घोषाणा गर्न नहुने बताउँदै नगरमा भएका बालश्रमिकहरुको पहिचान हुन जारुरी रहेको बताउँनुभयो । उहाँले बालश्रम मुक्त नगरपालिका घोषणाको लागि आफूहरुको पूर्ण साथ र सहयोग हुने बताउँनुभयो ।
संस्थाले बाणगंगाका वडा कार्यलय, विद्यालय, नेपाल निमार्ण सम्बद्ध श्रमिक संघ, बस काउन्टार, ईट्टा उद्योग लगायत विभिन्न सर्वजानिक क्षेत्रहरुमा बालश्रम सम्बन्धी सचेतना मुलका कार्यक्रम गर्दै बालबालिकामा काममा लागउनु हुंदैन बालबालिकालाई उचित शिक्षा दिक्ष दिनुपर्छ भन्दै सचेतना मुलक स्टिकार वितरण गरेको संस्थाका फिल्ड अधिकृत कमल सिंह थारुले जानकरी दिनुभयो ।












