धादिङ । त्रिभुवन राजपथ अन्र्तगत धादिङ्ग जिल्ला धुनिवेशी नगरपालिका–९ सिस्नेखोला सुरुङ्ग मार्गमा एक ट्रकको ब्रेक फेल हुदा एकको घटनास्थलमै मृत्यु भएको छ । नौबीसेतर्फबाट काठमाडौं जाँदै गरेको ना५ख ७३८६ नम्बरको माल बाहक ट्रकको ब्रेक फेल भई ब्याक हुँदा सोही दिशा तर्फ गइरहेको बा३क ३४०४ नम्वरको मिनी ट्रकलाई ठक्कर दिएको थियो ।
उक्त मिनी ट्रकले पनि सोही दिशा तर्फ गइरहेको बा८२प ५६४५ नम्बरको मोटर साइकललाई ठक्कर दिदा एक पुरुषको ज्यान गएको हो । ज्यान गुमाउनेमा धादिङ्ग निलकण्ठ नगरपालिका–१२ का ४४ वर्षीय यम बहादुर मगर रहेका छन् ।ज्यान गुमाउने यम वहादुर मगर मोटर साइकल चालक वा सवार खुल्न बाँकी रहेको प्रहरी निरीक्षक अपूर्व ढुंगानाले बताए । त्यस्तै उक्त दुर्घटनामा घाइते धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका–८ का गणेश श्रेष्ठको मनमोहन अस्पताल काठमाडौं उपचार भइरहेको बताइएको छ ।
नौबीसेदेखि नागढुङ्गाको त्रिभुवन राजपथको दूरावस्थाका कारण अकालमा ज्यान जाने क्रम बढ्दै गएको छ । विषेश गरी त्रिभुवन राजपथको कानाकोटदेखि झ्याप्लेखोलासम्म राजमार्गमा भएको ठूला–ठूला खाल्डाखुल्डीका कारण दुर्घटना हुदै आएको छ ।












