नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति:

काठमाडौँ/ नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १ हजार ३८ पिसिआर परीक्षणका क्रममा १२ जना र १ हजार २ सय ३० एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ६२ जना निको भएका छन् । हाल नेपालमा ९५ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।