काठमाडौं । भारतीय आयल कर्पोरेसन आईओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । विहीबार ९आज० पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ ।
निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको हो ।नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा ३७ रुपैयाँ १६ पैसा र हवाई इन्धन आन्तरिकमा २ रुपैयाँ ७० पैसा घाटा रहेको छ ।त्यस्तै आजको नयाँ मूल्य सूची अनुसार ग्यासमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा छ । हवाई इन्धन अन्तर्राष्ट्रिय र मट्टितेलमा केही नाफा भएपनि समग्रमा १५ दिनको घाटा ४ अर्ब ८१ करोड पुगेको निगमले जनाएको छ ।












