भैरहवा – भैरहवाको एक होटेलको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलकाअनुसार होटेल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो ।
गर्मी छल्न स्वीमिङ गर्न पुगेका तुलाधर शुक्रबार साँझ सवा ५ बजेतिर डुबेका थिए । उद्धार गरी अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी पौडेलले बताए ।सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले बाल उद्यान सञ्चालन गर्ने भनेर सम्झौता गरे पनि उद्देश्य विपरीत संरचना बनाएर होटेल चलाइरहेको छ ।यसै साता मात्रै बुटवलमा स्विमिङ पुलमै डुबेर एक युवाको मृत्यु भएको थियो ।












